सहिद स्मृति स्पोर्ट्स एकेडेमीद्वारा आयोजित सहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८२ मा यस चन्द्रागिरि तेक्वान्दो डोजाङले ७ स्वर्ण, १ रजत ६ कास्य सहित टिम तृतीय हुन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।
टिम तृतीय बनाउन सफल सम्पूर्ण खेलाडी भाईबहिनी र प्रशिक्षकज्यूमा हार्दिक धन्यवाद सहित आगामी दिनहरुमा यो भन्दा उत्कृष्ट नतिजा ल्याउनेमा डोजाङ विश्वस्त रहि निरन्तर तेक्वान्दो खेलको विकास र खेलाडी प्रति उत्तरदायी भई अघि बढ्ने छ।
























