राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव टंकलाल घिसिङले चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिताको उपविजेता नेपाली टोलीलाई मंगलबार राखेपमा स्वागत गर्दै बधाई दिनु भएको छ।
बंगलादेशको ढाकामा सोमबार सम्पन्न प्रतियोगिताको उपविजेता टोली मंगलबार स्वदेश फर्किएको हो । नेपाली कबड्डीको इतिहासमा पुरुष टोलीले हासिल गरेको यो उपलब्धी अहिलेसम्मको ठूलो हो ।
सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीको प्रशंसा गर्दै भन्नुभयो – ‘खेलाडीले गरेको प्रदर्शनको जति प्रशंसा गरेपनि पुग्दैन । कबड्डीले एकपछि अर्को सफलता हात पार्दै गएको छ । एसियाली खेलकुदमा महिला कबड्डी टोलीले कांस्य जित्दै इतिहास रचेको थियो । अहिले तपाईंहरुले आफ्नो क्षमता प्रमाणित गर्नु भएको छ । जे गर्नु भयो मुटुदेखि गर्नु भयो । त्यसैले नतिजा पनि राम्रो आयो । देशलाई खुशी तुल्याउनु भएको छ । खेलुकद त्यस्तो क्षेत्र हो, एक टिमले जित्दा सारा देश रमाउछ र गर्वको अनुभूति गर्छ ।’
फाइनलमा नेपाल आयोजक राष्ट्र बंगलादेशसंग ४५–३१ ले पराजित भएको थियो । विगतका तीनै संस्करणको उपाधि पनि बंगलादेशले नै जितेको थियो ।
प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी टोलीलाई २ समूहमा विजभान गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको थियो । नेपाल समूह ‘ए’ मा थियो । समूह चरणको खेलमा नेपालले मलेसियालाई ६७–३०, पोल्यान्डलाई ९३–४१, दक्षिण कोरियालाई ६७–४५ र इन्डोनेसियालाई ६३–३५ ले पराजित गरेको थियो । बंगलादेशसंग ४६–३१ ले चुकेको नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो । सोही समूहबाट बंगलदेश विजेता बन्दै सेमिफाइनलमा पुग्यो ।
सेमिफाइनलमा नेपालले केन्यालाई पेनाल्टी (५ रेड) मा ९–५ ले हराउदै बंगलादेशसंग उपाधि भिडन्त पक्का गरेको थियो । निर्धारित समयको खेल ५०–५० को बराबरीमा टुंगिएको थियो । अर्को सेमिफाइनलमा बंगलादेश थाइल्यान्डलाई पाखा लगाएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपालका कप्तान घनश्याम रोका मगर ५ खेलमा ‘म्यान अफ दि म्याच’ सहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । भारतीय प्रो कबड्डी लिगको १० औं सिजनमा खेलिसकेका घनश्याम नेपालले जितेको सबै खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए । घनश्यामले प्रत्येक ‘म्यान अफ दि म्याच’ का लागि १५ हजार तथा सर्वोत्कृष्ट खेलाडीका लागि ३० हजार बंगलादेशी रुपैयाँ प्राप्त गरे । भारतीय प्रो लिगमा घनश्याम हरियाणा स्टिलर्समा १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । प्रो लिगमा नेपाली खेलाडी मध्ये उनी सर्वाधिक पारिश्रमिक पाउने खेलाडी हुन् । घनश्यामअघि चार नेपाल खेलाडीले प्रो लिग खेलका थिए ।
अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्बाट पाएको सहयोगकै कारण कबड्डीले सफलता प्राप्त गरिरहेको बताउदै नेपाली पुरुष टोली सन् २०२५ मा हुने विश्वकपका लागि छनोट भएको जानकारी दिए । महासचिव झाका अनुसार नेपालसहित सेमिफाइनल पुग्ने चारै टोली विश्वकपका लागि छनोट भएका छन् ।
नेपाली टोली:
घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा ।
विष्णुदत्त भट्ट प्रशिक्षक, व्यवस्थापक महेश चन्द तथा अफिसियल तर्कराज भट्ट र रमेशचन्द्र ओझा ।
dit or delete it, then start writing!




Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.